कालीमाटी बढ्यो तरकारीको भाउ, आलु ६८ रुपैयाँ, अरू कति?

हिमाल प्रेस १६ साउन २०८१ ८:५२ | Wednesday, July 31, 2024
कालीमाटी बढ्यो तरकारीको भाउ, आलु ६८ रुपैयाँ, अरू कति?

काठमाडौँ- कालीमाटीमा आज बुधबार आलु, बोडी, सिमीलगायतका हरियो तरकारीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज रातो आलु प्रतिकेजी ६८ रुपैयाँ, भारतीय रातो आलु ५५ रुपैयाँ र मुडेको रातो आलु ५१ रुपैयाँ पुगेको छ ।

त्यस्तै, डल्लो भन्टा प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा, तने बोडी ६६ रुपैयाँ, मकै बोडी १८ रुपैयाँ १८ पैसा, लोकल सिमी ६८ रुपैयाँ, हाइब्रीड सिमी प्रतिकेजी ७० रुपैयाँ, राजमा सिमी १४६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १५ रुपैयाँ ७९ पैसा, भटमासकोशा १७० रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ ९३ पैसा, घिरौला ३६ रुपैयाँ, झिगूनी ५६ रुपैयाँ ६७ पैसा, पाकेको फर्सी प्रतिकेजी ६५ रुपैयाँ, डल्लो फर्सी ६६ रुपैयाँ र भिण्डी ४५ रुपैयाँ तोकिएको छ ।

यसैगरी, मालदह आँप प्रतिकेजी १४० रुपैयाँ, दसहरी आँप १४० रुपैयाँ, हरियो तरबुजा ६७ रुपैयाँ ५० पैसा, जुनार प्रतिकेजी २९० रुपैयाँ, लोकल काक्रो प्रतिकेजी ९० रुपैयाँ र रुख कटहर प्रतिकेजी ४६ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

प्रकाशित: १६ साउन २०८१ ८:५२ | Wednesday, July 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast