कर्णालीमा पर्यटकीय क्षेत्रबाट दुई करोड १४ लाख राजस्व

हिमाल प्रेस १३ साउन २०८१ १०:२८ | Sunday, July 28, 2024
कर्णालीमा पर्यटकीय क्षेत्रबाट दुई करोड १४ लाख राजस्व

कर्णाली- कर्णाली प्रदेश सरकारले प्रदेशका केही पर्यटकीय क्षेत्रबाट दुई करोड १४ लाख ७५ हजार नौ सय १७ रुपैयाँ राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले रारा राष्ट्रिय निकुञ्जबाट ४१ लख १२ हजार दुई सय, सुर्खेत प्रादेशिक सहिद पार्कबाट ९० लाख ९० हजार, काक्रेबिहारबाट ११ लाख ५० हजार तीन सय र बुलबुले उद्यानबाट ७१ लाख १४ हजार चार सय १७ रुपैयाँ राजस्व संकलन गरेको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख प्रशासकीय अधिकृत देवकुमारी शाहीका अनुसार से–फोक्सुण्डो ताल, गुराँसे गाउँपालिकामा रहेको दैलेख‘भ्यूटावर’बाटसङ्कलन भएको राजस्व यसमा समावेश भएको छैन ।

पर्यटकीयस्थलले युक्त कर्णालीका सल्ल्यानको कुपिण्डे ताल, रुकुमपश्चिमको स्यार्पुताल, जुम्लाको गिडी दह, चन्दननाथ मन्दिर, कनकासुन्दरी, डोल्पाको त्रिपुरासुन्दरी, कालिकोटको पचाल झरना, दैलखेको पञ्चकोशी, दुल्लु दरबार, गढी क्षेत्र, हुम्लाको लिमी उपत्यका, जाजरकोट दरबार, सुर्खेतको बराहताल, जाजुरा दहलगायत स्थानको अभिलेख पनि मन्त्रालयसँग नभएको उनले बताइन् । –रासस

प्रकाशित: १३ साउन २०८१ १०:२८ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast