एसीसीएको परीक्षामा अनिशकुमार सराफ र संयोग आचार्य ‘वर्ल्ड टपर’

हिमाल प्रेस ७ साउन २०८१ १२:०० | Monday, July 22, 2024
एसीसीएको परीक्षामा अनिशकुमार सराफ र संयोग आचार्य ‘वर्ल्ड टपर’

काठमाडौँ– एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) को जुन २०२४ को परीक्षामा अनिशकुमार सराफ र संयोग आचार्य ‘वर्ल्ड टपर’ बनेका छन्। काठमाडौँस्थित सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सीसीए) मा अध्ययनरत दुवै विद्यार्थीले टी एक्स (त्यक्सेसन) पेपरमा ९६ अंक ल्याएर ‘वर्ल्ड टपर’ भएका हुन्। यो पेपरको परीक्षामा विश्वभरका हजारौँ विद्यार्थी सहभागी थिए।

सीसीएका बजार निर्देशक मनीष शर्माका अनुसार उनीहरूको कडा परिश्रमका साथै कलेजमा आबद्ध शिक्षकहरुबाट विद्यार्थीलाई गुणस्तरीय एसीसीए शिक्षा प्रदान गर्नुका साथै उपयुक्त वातावरण र पूर्वाधारले यो उपलब्धि हासिल गर्न सफल भएको जानकारी दिए।

व्यावहारिक पठनपाठन तथा विद्यार्थीको उत्कृष्ट नतिजाका कारण सीसीए आईएसओ ९००१ः२०१५ सर्टिफिकेट पाउने पहिलो एसीसीए कलेज बनेको हो। सीसीए कलेजले १८ वर्षदेखि एसीसीए कक्षा सञ्चालन गर्दै आएको छ। सीसीए एसीसीएको प्लाटिनम लर्निङ पार्टनर हो।

विश्वका १७९ देशमा फैलिएको एसीसीएमा ५ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित: ७ साउन २०८१ १२:०० | Monday, July 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast