एलपी जोशीको निधनप्रति प्रधानमन्त्री दुःखी 

हिमाल प्रेस १३ साउन २०८१ १२:२५ | Sunday, July 28, 2024
एलपी जोशीको निधनप्रति प्रधानमन्त्री दुःखी  गायक एलपी जोशी।
झापा- लोकगायक लक्ष्मीप्रसाद जोशी (एलपी)को निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्।कलाकार जोशीको आज अन्तिम बिदाइ भएको उल्लेख गर्दै प्रम ओलीले हार्दिक श्रद्धासहित उच्च सम्मान व्यक्त गरेका हुन्।

आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले जोशी अरूका लागि आदरणीय संगीतकार र गायक रहेको उल्लेख गरे। ‘हामी दुवै दमकवासी, त्यसैले मेरा लागि उहाँ आत्मीय मित्र अनि दाइ, सबै हुनुहुन्थ्यो’, उनले ‘फेसबुक पेज’मा लेखेका छन्।

स्थानीय शोक बिदा

त्यसैगरी, जोशी (एलपी)को निधनमा आज दमक नगरपालिकाले आधा दिन स्थानीय शोक बिदा दिएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले आज सूचना प्रकाशित गर्दै स्व जोशीको निधनमा श्रद्धाञ्जली अपर्ण गर्दै आज दिउँसो १ बजेपश्चात् दमक नगरपालिका नगर कार्यपालिकाको कार्यालय र मातहतका वडा कार्यालयहरु, शैक्षिक संस्थाहरुमा (दमक अस्पतालबाहेक) शोक बिदा दिइएको जानकारी दिए।

प्रकाशित: १३ साउन २०८१ १२:२५ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast