एमालेको सचिवालय बैठक। फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ। आवश्यक तयारी नपुगेको कारण बुधबार ११ बजे बस्ने गरी सचिवालय बैठक स्थगित भएको केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीले जानकारी दिए।
‘नेताहरूको कार्यव्यस्थता र आवश्यक गृहकार्यका लागि भोलि (बुधबार) ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको छ,’ कार्यालय सचिव अधिकारीले भने। बैठकमा सरकारमा सहभागिताको विषय, मन्त्री चयनको मापदण्ड र पदाधिकारीदेखि केन्द्रीय सदस्यहरुसम्मको जिम्मेवारी हेरफेरको कार्यसूची रहेको छ।
प्रकाशित: २५ असार २०८१ १३:५८ | Tuesday, July 9, 2024
प्रतिक्रिया




