एक करोड नौ लाखको पोते निर्यात

हिमाल प्रेस ८ साउन २०८१ १२:०४ | Tuesday, July 23, 2024
एक करोड नौ लाखको पोते निर्यात

काठमाडौँ- गत आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट ६६५ किलो पोते निर्यात भएको छ।  भन्सार विभागको तथ्यांकअनुसार एकै वर्षमा नेपालमा पोते निर्यात हुँदा १ करोड ९ लाख ५४ हजार रुपैयाँको रकम आय भएको छ।

नेपालबाट सबैभन्दा बढी बेलायतमा १ हजार ७३५ किलो निर्यात हुँदा ४ लाख १८ हजार रकम भित्रिएको छ। यस्तै दोस्रोमा अमेरिकामा ६५५ किलो निर्यात हुँदा २४ लाख ८० हजार रुपैयाँ, फ्रान्समा ३०५ किलो निर्यात हुँदा ६८ लाख ८६ हजार रुपैयाँ नेपाल भित्रिएको छ।

अस्ट्रेलियामा १० किलो पोते निर्यात हुँदा ६ हजार, डेनमार्कमा ४२ किलो निर्यात हुँदा ५ लाख ७९ हजार रुपैयाँ, फिन्ल्यान्डमा १ किलो निर्यात हुँदा ३८ हजार, जर्मनीमा १ किलो नै निर्यात हुँदा ६ हजार रुपैयाँको, इटालीको १ किलोको निर्यात हुँदा ६ हजार रुपैयाँ, नेदरल्यान्डमा २ किलो निर्यात हुँदा १० हजार रुपैयाँको निर्यात भएको देखिएको छ।

प्रकाशित: ८ साउन २०८१ १२:०४ | Tuesday, July 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast