आज घिरौंला १२०, कुरिलो ३५० रुपैयाँ प्रतिकिलोमा कारोबार [यस्ताे छ तरकारीकाे मूल्यसूची]

हिमाल प्रेस ४ साउन २०८१ ९:२३ | Friday, July 19, 2024
आज घिरौंला १२०, कुरिलो ३५० रुपैयाँ प्रतिकिलोमा कारोबार [यस्ताे छ तरकारीकाे मूल्यसूची]

काठमाडाैँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीकाे मूल्यसूची सार्वजनिक गरेकाे छ।

विकास समितिका अनुसार आज ठूलो गोलभेँडा अधिकतम प्रतिकिलो १२०, गाँजर १००, स्थानीय काउली ८०, लाम्चो भन्टा ९०, तने बोडी १३० रुपैयाँमा कारोबार भएको छ।

घिरौंला १२०, लौका १००, भिण्डी १२०, घिउ सिमी १८०, भटमासकोशा १५०, तिते करेला १००, परवर ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ।

त्यसैगरी हरियो प्याज २००, न्यूरो १२०, कन्य च्याउ प्रतिकिलो २००, डल्ले च्याउ ३२० र कुरिलो ३५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको समितिले जनाएकाे छ।

रातो आलु प्रतिकिलो अधिकतम ७२, प्याज ९५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको समितिकाे भनाइ छ।

यस्ताे छ मूल्यसूची

प्रकाशित: ४ साउन २०८१ ९:२३ | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast