‘वर एण्ड वधु’को गीत ‘तिमीसँग’

हिमाल प्रेस ६ साउन २०८१ १५:०९ | Sunday, July 21, 2024
‘वर एण्ड वधु’को गीत ‘तिमीसँग’

काठमाडौँ- फिल्म ‘वर एण्ड वधु’को ‘तिमीसँग’ बोलको गीत सार्वजनिक भएको छ। बानेश्वरस्थित एनबी सेन्टरमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो।

अञ्जु पन्त र प्रताप दासको स्वर रहेको गीत लेखु सहयात्रीले लेखेका हुन्। अर्जुन पोखरेलले संगीत भरेको गीतमा गाेपाल रसायलीको संगीत संयोजन छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आँचल शर्मा र नव अभिनेता विवेक कर्माचार्यको रोमान्टिक नृत्य देखाइएको छ।

आगामी भदौ १४ मा प्रदर्शन हुने भनिएको फिल्मका निर्देशक मिलन चाम्स हुन्। प्रदीप भारद्वाजको लेखन रहेको फिल्म सामाजिक कथामा आधारित छ।

फिल्ममा नायिका आँचल र विवेकसहित गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रवीन्द्र खड्का, अन्सु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरवीर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठलगायतका कलाकारको अभिनय छ।

फिल्मको छायांकन नेपाल र रोमानियामा गरिएको हो। फिल्ममा जानुका थापाले लगानी गरेकी छन्। एलआरके प्रोडक्सनको ब्यारनमा बनेको फिल्ममा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन छ।

प्रकाशित: ६ साउन २०८१ १५:०९ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast