रोहित शर्माले पनि लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

हिमाल प्रेस १६ असार २०८१ ८:१९
28
SHARES
रोहित शर्माले पनि लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

काठमाडौँ- भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टी-२० अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिएका छन्। टी-२० विश्वकप २०२४ को उपाधि जितेसँगै शर्माले संन्यास घोषणा हुन्।

दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी-२० विश्वकपको उपाधि जित्यो। विश्वकप २०२४ मा उनले ८ खेलमा २५७ रन बनाएका थिए।

रोहित टी-२० आई क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याटर हुन्। उनले १५९ टी-२० आई खेलमा ५ शतक र ३२ अर्धशतकसहित कुल ४ हजार २३१ रन बनाएका थिए।

उनले सन् २००७ मा टी-२० आईमा इंग्ल्यान्डविरुद्ध डेब्यू गरेका थिए। भारतले २००७ मा टी-२० विश्वकप उपाधि जित्दा टोलीका सदस्य थिए।

उनको कप्तानीमा भारतले ६२ टी२० आई खेलमा ४९ मा जित र १२ खेलमा हार ब्यहोरेको थियो। यसअघि भारतका प्रमुख ब्याटर विराट कोहलीले पनि संन्यास घोषणा गरेका छन्।

प्रकाशित: १६ असार २०८१ ८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =