मेस्सी बेन्चमा बसेको खेलमा पनि अर्जेन्टिना विजयी, लाउटिरोको दुई गोल

हिमाल प्रेस १६ असार २०८१ ८:०६
12
SHARES
मेस्सी बेन्चमा बसेको खेलमा पनि अर्जेन्टिना विजयी, लाउटिरोको दुई गोल

काठमाडौँ- अर्जेन्टिनाले कोपा अमेरिकाको तेस्रो खेलमा पनि जित निकालेको छ। लियोनल मेस्सी बेन्चमा बसेको यो खेलमा अर्जेन्टिनाले पेरुमाथि २-० को जित निकालेको हो।

अर्जेन्टिनाका लागि लाउटिरो मार्टिनेज चम्किँदा नै २ गोल गरे।

आज बिहान अमेरिकाको हार्ड रक स्टेडियममा भएको खेलमा लाउटिरोले ४७औँ मिनेटमा र ८६औँ मिनेटमा गोल गरे। अर्जेन्टिना यो जितसँगै ९ अंकका साथ समूह ‘ए’ को विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

आजै भएको अर्को खेलमा क्यानडाले चिलीलाई गोलरहित बराबरीमा रोक्दै अन्तिम आठमा स्थान बनाउन सफल भयो। ग्रुप ए बाट चिली र पेरु भने समूह चरणबाटै बाहिरिए।

प्रकाशित: १६ असार २०८१ ८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =