सुशान्त केसीले न्युर्योकमा झुमाउनेछन् दर्शक

हिमाल प्रेस १५ असार २०८१ १२:३५
4
SHARES
सुशान्त केसीले न्युर्योकमा झुमाउनेछन् दर्शक

काठमाडौँ- गायक सुशान्त केसीले अमेरिकाको न्युयोर्कमा कन्सर्ट गर्ने भएका छन्।

न्युर्योकस्थित टाइम्स स्क्वायरको प्यालेडियममा आउँदो २० जुलाई  (साउन ५) मा ‘सुशान्त केसी वल्र्ड टुर लाइभ कन्सर्ट इन न्युयोर्क’ हुन लागेको हो। जहाँ सुशान्तले आफ्ना चर्चित गीतमार्फत दर्शक झुमाउने छन्।

हलिउड र बलिउडका कलाकारका मात्र कार्यक्रम आयोजना हुँदै आएको भेन्युमा पहिलोपटक नेपाली कलाकारकोे कार्यक्रम हुन लागेको जनाइएको छ।

कार्यक्रममा सुशान्तसहित ११ जना ब्याण्ड मेम्बरको लाइभ म्युजिक समेत रहनेछ। कार्यक्रमको आयोजना ठमेल एनवाईसीका तर्फबाट लेलिन कंडेल, जिमी गुरूङ, रोशन गौचनले गर्दैछन्।

नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउँदै हलिउड र बलिउडका गायकगायिकाझैं नेपाली गायक गायिकाले पनि सोही स्थानमा र सोहीस्तरको कार्यक्रम गर्न सक्छन् भन्ने सन्देश कार्यक्रमले दिने आयोजकमध्येका एक लेलिन कंडेलले बताए।

यो कन्सर्टमा १६ वर्षभन्दा माथिका दर्शकले मात्र सहभागिता जनाउन सक्नेछन्। करिब ४ घण्टा चल्ने कन्सर्टमा गायक सुशान्तले ‘सारङ्गी, नजिक आउ, गाजलु, हावाले, बैमानी, भरिभरि दिन, भगेरा, म तिमीलाई मन पराउँछु’ लगायत गीत प्रस्तुत गर्नेछन्।

न्युर्योकको टाइम्स स्क्वायरको कार्यक्रमपछि अमेरिकाका अन्य ११ स्थानमा समेत सुशान्तको कन्सर्ट हुने आयोजक रोशन गौचनले बताए।

प्रकाशित: १५ असार २०८१ १२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =