अपराजित अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टर फाइनलमा

हिमाल प्रेस १२ असार २०८१ ९:१९
6
SHARES
अपराजित अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टर फाइनलमा

कास्की- साविक विजेता अर्जेन्टिना जारी संस्करणको कोपा अमेरिकाको क्वार्टर फाइनल पुगेको छ।

आज बिहानको खेलमा चिलीमाथि १-० को जित निकाल्दै अर्जेन्टिना क्वार्टर फाइनल पुगेको हो।

खेलमा एक मात्र निर्णायक गोल लाउटारो मार्टिनेजले गरेका थिए।  ८७ औँ मिनेटमा लाउटारोले डिबक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

समूह १ मा रहेको अर्जेन्टिना समूह विजेता बन्दै क्वार्टर फाइनल पुगेको हो। हालसम्म अर्जेन्टिनाले २ खेलबाट दुई जितसँगै ६ अंक बटुलेको छ।

यसअघि अर्जेन्टिनाले क्यानडामाथि जित निकालेको थियो। यता क्यानडा भने समान खेलबाट एक जित निकाल्दै समूहको दोस्रो स्थानमा छ। पराजित चिली २ खेलबाट एक हार र एक बराबरीले १ अंक बटुल्दा चौथो स्थानको पेरुको पनि समान अंक छ।

प्रकाशित: १२ असार २०८१ ९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =