सशस्त्र प्रहरीका १८ एसपी र २३७ जना डीएसपीको सरुवा

हिमाल प्रेस १० असार २०८१ १२:२६
582
SHARES
सशस्त्र प्रहरीका १८ एसपी र २३७ जना डीएसपीको सरुवा

काठमाडौँ- सशस्त्र प्रहरी बलका १८ जना एसपी र २३७ जना डीएसपीहरुलाई सरुवा भएको छ। केही छिटै अवकाशमा जाने र हाल विभिन्न विभाग तथा क्षेत्रमा कमान्ड सम्हाली रहेका एसपीहरूलाई सरुवा गरिएको हो। अवकाश हुन लागेका एसपीहरूलाई इन्चार्जबाट पनि हटाइएको छ।

यस्तै डीएसपीहरूलाई २०८० असोज १ गते प्रकाशित कमाण्ड पूर्वानुमान सूचीको आधारमा सरुवा गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। २ वर्ष अवधि पुरा भएका र कमाण्डको जिम्मेवारीमा रहेका डीएसपीहरुलाई एकसाथ सरुवा गरिएको हो। सरुवा गरिएका मध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको जिम्मेवारी पाएका छन्।

पूर्वानुमान सूची अनुसार कमाण्ड जिम्मेवारीमा खटिन बाँकी रहेका र अन्य सशस्त्र प्रहरी नायव उपरीक्षकहरुलाई समेटी आगामी कमाण्डको लागि संगठनले छिट्टै नयाँ पूर्वानुमान सूची प्रकाशन गर्ने जनाएको छ।

सशस्त्र प्रहरी बल नेपालले विगत २ वर्षदेखि सशस्त्र प्रहरी उपरीक्षकदेखि निरीक्षकसम्म करीव १० महिना अघिदेखि नै जेष्ठता क्रम अनुसार कमाण्ड पूर्वानुमान सुची प्रकाशित गरी सोही अनुसार कमाण्डमा पठाउँदै आएको छ।

प्रकाशित: १० असार २०८१ १२:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =