डीआईजी पोखरेललाई दुई दिने एआईजी बनाउने प्रस्ताव

हिमाल प्रेस १० असार २०८१ १२:०४
1.1k
SHARES
डीआईजी पोखरेललाई दुई दिने एआईजी बनाउने प्रस्ताव

काठमाडौँ- सरकारले दुई दिने अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउनका लागि प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेलको नाम प्रस्ताव गरिएको छ।

आज सोमबार बिहान बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस समितिको संयोजक गृहमन्त्रालयका सचिव एकनारायण अर्याल छन्।

बढुवाका लागि प्रस्ताव गरिएका पोखरेल असार २० राति १२ बजेदेखि अवकाशमा जाने व्यक्ति हुन्। उनी ५६ बर्से उमेर हदका कारण अनिवार्य अवकाशमा जाने भएका हुन्। पोखरेल बढुवा नभए पनि सोही दिनदेखि अवकाश जानेछन्। नेपाल प्रहरी नियमावली २०७१ को दफा १२७ मा डीआईजी र एआईजीको उमेर हद ५६ वर्ष तोकिएको छ।

तर गृहमन्त्रालयले पोखरेललाई अवकाशमा जानभन्दा १० दिनअघि बढुवाका लागि प्रस्ताव गरेको हो।

पोखरेलको दरबन्दी प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा छ। तर, उनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन्। पोखरेल आईजीपी बसन्तबहादुर कुँवरका ब्याची हुन्। ‘हामी एकै ब्याचका हौँ,’ कुँवरले हिमालप्रेससँग भने, ‘हामी २०५१ चैत ५ गते भर्ना भएका हौँ।’

प्रकाशित: १० असार २०८१ १२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + fourteen =