चीनको आर्थिक-सामाजिक विकास निकै लोभलाग्दो छ : राष्ट्रियसभा उपाध्यक्ष सुवेदी

हिमाल प्रेस ९ असार २०८१ २०:३८
10
SHARES
चीनको आर्थिक-सामाजिक विकास निकै लोभलाग्दो छ : राष्ट्रियसभा उपाध्यक्ष सुवेदी

काठमाडौँ- राष्ट्रियसभाका उपाध्यक्ष विमला सुवेदीले पञ्चशीलको सिद्धान्तमा आधारित विदेश नीति सञ्चालन गर्दै आएका नेपाल र चीनबीचको सम्बन्ध जनस्तरमा नयाँ उचाइमा पुगेको बताएका छन्।

सिचुवान(नेपाल प्राविधिक सहकार्य प्रवर्द्धन सम्मेलनलाई आज (आइतबार) यहाँ सम्बोधन गर्दै उनले द्विपक्षीय सम्बन्ध पारस्परिक सहयोगमा आधारित सम्बन्धलाई व्यापार, लगानी, ज्ञान र सीप आदानप्रदान माध्यमबाट महत्त्वपूर्ण आयाम प्रदान गरेको बताए।

‘चीनले नेपालका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आएको छ। चीनको आर्थिक(सामाजिक विकास निकै लोभलाग्दो र अनुकरणीय छ,’ सूचना र प्रविधिको चमात्कारिक विकासका दृष्टिले विश्व एक गाउँमा रुपान्तरण हुँदै गएको प्रसंग उल्लेख गर्दै उनले चीनसँग नेपालको दिगो र सन्तुलित विकासका लागि स्रोत व्यवस्थापनसहित उल्लेख्य भूमिका अपेक्षा गरिएको बताए।

नेपाल पनि छिट्टै अति–कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा उक्लिने चरणमा रहेको अवस्थामा यस यात्रालाई सार्थक बनाउन चिनियाँ सहयोग महत्त्वपूर्ण र आवश्यक रहेको बताउँदै उनले चिनियाँ सहयोगको दायरा अझै फराकिलो हुँदै जानेमा विश्वास व्यक्त गरे।

चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन, सिचुआन प्रान्तीय समितिका उपाध्यक्ष से साङह्वाले चीन र नेपाल एकअर्कालाई सम्मान र विश्वास गर्ने असल मित्र, असल साझेदार र असल छिमेकी भएको बताए। उनले भने, ‘दुई राष्ट्र प्रमुखको रणनीतिक निर्देशनमा सिचुआन-नेपालको सम्बन्ध निरन्तर उकालो लागेको छ, आर्थिक र व्यापारिक सहयोग झन् घनिष्ट भएको छ, सांस्कृतिक आदान–प्रदान र सहयोगले सकारात्मक नतिजा हासिल गरेको छ,’ उनले भने।

सिचुआन र नेपाल हिमाल र नदीहरूले जोडिएको ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै उपाध्यक्ष साङह्वाले हामी नेपालसँग विज्ञान तथा प्रविधि, ऊर्जा र अन्य क्षेत्रमा सहयोग सुदृढ गर्न प्रतिबद्ध रहेको बताए।

सिचुआन र नेपालबीचको वैज्ञानिक र प्राविधिक ऊर्जा सहयोगलाई प्रवर्द्धन गर्ने कार्यक्रममार्फत नेपालको बजार माग र लगानीको वातावरण बुझ्न सक्षम हुने उनले विश्वास व्यक्त गरे।

नेपालका लागि चीनका राजदूत छेन सोङले चीन र नेपाल रणनीतिक साझेदार र मित्रवत् छिमेकी भएकाले चीनले नेपालसँगको आफ्नो सम्बन्धलाई ठूलो महत्त्व दिएको बताए। उनले हालैका वर्षहरूमा सिचुआन प्रान्त र नेपालबीचको वैज्ञानिक र प्राविधिक आदानप्रदान र सहयोग झनै नजिक भएकाले दुवै पक्षलाई पारस्परिक लाभकारी सहयोगलाई अझ गहिरो बनाउन राम्रो आधारशीला खडा गरेको बताए।

विज्ञान र प्रविधि चीन निर्माणको जग र राष्ट्रिय समृद्धिको आधार भएको बताउँदै राजदूत सोङले हालैका वर्षमा चीनले विज्ञान र प्रविधिमा आत्मनिर्भर र परिस्करणको प्रयासलाई तीव्रता दिएको बताए। रासस

प्रकाशित: ९ असार २०८१ २०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eighteen =