कृषि विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित

हिमाल प्रेस ३ असार २०८१ १८:२६
10
SHARES
कृषि विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सोमबार दीक्षित विद्यार्थी। तस्बिर : रासस

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई सोमबार दीक्षित गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सिक्किम स्किल विश्वविद्यालयका उपकुलपति प्राडा अजयकुमार मिश्र उपस्थित थिए। सो अवसरमा स्नातक तह उत्तीर्ण सात सय ९८ जना दीक्षित भए। विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यराज रेग्मीका अनुसार कृषि संकायतर्फ पाँच सय ६८, पशु चिकित्सातर्फ ४७, मत्स्यविज्ञानका २६ जना र वनविज्ञानका एक सय ५७ जना विद्यार्थी दीक्षित भएका छन्।

स्नातकोत्तरतर्फ कृषिका एक सय २३ जना, पशु चिकित्साका ३६, पशुविज्ञानका २० जना, मत्स्य विज्ञानका १३ जना र वन विज्ञानका ६० गरी दुई ५२ विद्यार्थी दीक्षित भएका छन्। विद्यावारिधिमा दीक्षित भएका नौ जनामध्ये आठ जना कृषि र एकजना विद्यार्थी वनविज्ञानका छन्।

विश्वविद्यालयको यो चौथो दीक्षान्त समारोह हो। २०६७ असार ३ गते विश्वविद्यालय स्थापना भएको हो।

प्रकाशित: ३ असार २०८१ १८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =