मनकामना केबलकार ५० दिन बन्द हुने

हिमाल प्रेस २ असार २०८१ १३:३४
128
SHARES
मनकामना केबलकार ५० दिन बन्द हुने

मुग्लिन(चितवन) –  नेपालको पहिलो केबरकार मनकामना केबरकार ५० दिन बन्द हुने भएको छ। केबरकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ।

‘एनालग’ प्रविधिमा रहेको केबरकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

उनका अनुसार डिजिटल प्रणालीमा स्तरोन्नतिका साथै  मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो। स्थापनाको २६ वर्षमा मुख्य केबुल तार लट्ठा फेर्न लागिएको प्रालिका नायब महाप्रबन्धक शेरचनले बताउनुभयो। स्तरोन्नति कार्यका लागि दक्ष प्राविधिक अष्ट्रेलियाको डोप्पलमेयर कम्पनीबाट नै आउने  उनले बताए। मनकामना केबरकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि  केबरकार सञ्चालनमा ल्याइएको हो। केबरकार सेवा बन्द रहे पनि उक्त अवधिभर चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस) स्थित केबरकारको प्रवेशद्वार (बटम स्टेसन)मा रहेको रेष्टुरेन्ट सेवा भने निरन्तर रहने  मनकामना दर्शन प्रालिले जनाएको छ।  रासस

प्रकाशित: २ असार २०८१ १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =