राप्रपा महामन्त्री शाहीको गुनासो : पार्टीभित्र बोल्यो कि कारबाही हुने डर हुन्छ

हिमाल प्रेस २ असार २०८१ ८:५१
376
SHARES
राप्रपा महामन्त्री शाहीको गुनासो : पार्टीभित्र बोल्यो कि कारबाही हुने डर हुन्छ

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की महामन्त्री कुन्ती शाहीले पार्टीभित्र विचार र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य सह्य नहुने बताएकी छन्।

राप्रपाद्वारा केन्द्रीय कार्यालयमा आयोजित कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै शाहीले पार्टीभित्र सकसपूर्ण अवस्था कार्यकर्तापंक्तिमा महसुस भएको बताइन्।

‘बोल्नै नहुने, बोल्यो कि कारबाही गर्ने जस्ता अप्रजातान्त्रिक रवैया आजको युगमा स्वीकार्य हुँदैन।’ उनले भनिन्।

‘एकथरीले यहाँ भाष्य निर्माण गर्न खोजे जस्तो अध्यक्षलाई कमजोर बनाउने नभएर पार्टीलाई बलियो बनाउन बहस गर्नुपर्दछ। पार्टीमा सकारात्मक बहसको खाँचो छ,’ उनले भनिन् ।

‘सहरी क्षेत्र, तराई, पहाड र हिमालका लागि सोही अनुकूल रणनीति बनाएर बलियो संगठन निर्माण गर्नु आवश्यक छ,’ भन्दै शाहीले पार्टी नेतृत्वको ध्यानाकर्षण गरिन् ।

‘नेपालगंज र झापालाई बनाउने रणनीति कर्णालीका लागि सान्दर्भिक हुँदैन । कर्णालीका लागि छुट्टै रणनीति र कार्यक्रम आवश्यक हुन्छ ।’

देश र समाजमा विद्यमान संकटको निकास राप्रपाले बोकेको नीति, सिद्धान्त नै हो, उनले भनिन् ।

प्रकाशित: २ असार २०८१ ८:५१

प्रतिक्रिया

One thought on “राप्रपा महामन्त्री शाहीको गुनासो : पार्टीभित्र बोल्यो कि कारबाही हुने डर हुन्छ

  1. सहि हो तर २०४६ को बहुदलिय घोषणा को दिन रबिन्द्र शर्मा को मा मदन रेग्मी सहित हामी कति २०३२ -४५ का कट्टर राजा बादी युवा को रा प्र पा बनाउने योगदान को केहि कदर चै खोइ ?

Leave a Reply to आनन्द लामिछने Cancel reply

Your email address will not be published. Required fields are marked *

7 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast