अपडेट : ढिस्कोमा पुरिएका तीनैजना मजदुरको ज्यान गयो

हिमाल प्रेस ३१ जेठ २०८१ २१:४६
24
SHARES
अपडेट : ढिस्कोमा पुरिएका तीनैजना मजदुरको ज्यान गयो पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका-२ स्थित फलफूलचोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनिएको खाल्डो। तस्बिर : रासस

मध्यविन्दु (नवलपरासी)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा नाला निर्माणका क्रममा माटोको ढिस्कोले पुरिएर तीनै जना मजदुर महिलाको मृत्यु भएको छ। बिहीबार साँझ कावासोती नगरपालिका–२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गर्दै गरेका तीन जना महिला मजदुर पुरिएकामा दुई जनाको यसअघि नै मृत्यु भएको थियो। एक जना महिला बेपत्ता भएकी थिइन्।

बेपत्ता भएकी कावासोती नगरपालिका–५ बस्ने ३२ वर्षीया चमेली दर्लामीको माटोले पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

माटोले पुरिएर कावासोती नगरपालिका– ५ की लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना र २६ वर्षीया तानमाया गाहाको मृत्यु भएको थियो। चमेली दर्लामीको समेत शव भेटिएसँगै ढिस्कोले पुरिएका तीनैजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =