भारत बन्यो ‘सुपर ८’ पुग्ने तेस्रो टोली

हिमाल प्रेस ३१ जेठ २०८१ ६:५२
26
SHARES
भारत बन्यो ‘सुपर ८’ पुग्ने तेस्रो टोली

काठमाडौँ- भारत आईसीसी विश्वकप २०२४ मा ‘सुपर ८’ पुग्ने तेस्रो टोली बनेको छ।
अमेरिकाविरुद्ध सात विकेटको जित निकाल्दै भारत अन्तिम ८ मा उक्लिएको हो। यसअघि दक्षिण अफ्रिका र अस्ट्रेलिया सुपर ८ पुगिसकेका छन्।

बुधबार न्यूयोर्कमा भएको खेलमा अमेरिकाले प्रस्तुत गरेको १११ रनको लक्ष्य भारतले १८.२ ओभरमा तीन विकेट गुमााएर पूरा गर्‍यो।

भारतको जितमा सूर्यकुमार यादवले अविजित ५० रन बनाए । उनले ४९ बलमा दुई चौका र दुई छक्का प्रहार गरे। जारी विश्वकपमा भारतीय ब्याटरले बनाएको यो पहिलो अर्धशतकसमेत हो।

सूर्यले शिवम दुवेसँग ६७ रनको अविजित साझेदारी गर्दै भारतलाई जितसम्म डोहोर्‍याएका हुन्।

दुवे ३१ रनमा अविजित रहे। ऋषव पन्तले १८ रन थपे। भारतका कप्तान तीन रनमा आउट हुँदा विराट कोहली भने गोल्डेन डक भएका थिए।

अमेरिकाका सौरभ नेत्रावाल्करले दुई र अली खानले एक विकेट लिए। नेत्रावाल्कर भारतीय र खान पाकिस्तानी मूलका अमेरिकी खेलाडी हुन्।

त्यसअघि टस हारेर फिल्डिङमा आएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११० रनको योगफल खडा गरेको थियो।

अमेरिकाका नितिश कुमारले सर्वाधिक २७ रन बनाए। स्टेभन टेलरले २४, कोरी एन्डरसनले १५, स्याडेली भान स्कलक्वकले ११ र हर्मित सिंहले १० रन थपे।

अमेरिकालाई सस्तैमा समेट्न भारतका अर्शदीप सिंहले चार विकेट लिए । चार ओभर बलिङ गरेका अर्शदीपले नौ रनमात्र खर्चिए। हार्दिक पन्ड्याले दुई र अक्षर पटेलले एक विकेट हात पारे।

प्रकाशित: ३१ जेठ २०८१ ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seventeen =