सुदूरपश्चिम : रोजगारीका लागि ११ सय ३३ जना छनोट

हिमाल प्रेस २८ जेठ २०८१ २१:१७
42
SHARES
सुदूरपश्चिम : रोजगारीका लागि ११ सय ३३ जना छनोट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा धनगढीमा आयोजित ‘श्रमाधान रोजगार मेला’ को उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी। तस्बिर : रासस

धनगढी– सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित रोजगार मेलामा ११ सय ३३ जना रोजगारीका लागि छनोट भएका छन्। मेलामा ४ हजार एकसय ६६ जनाले रोजगारीको लागि आवेदन दिएको आयोजकले जानकारी दिएका छन्। मेलामा १० हजारभन्दा बढीले अवलोकन गरेका थिए।

दुईदिने मेलामा रोजगार खोज्ने यूवाको बाक्लो भीड लागेको थियो। आइतबार सुरु भएको रोजगार मेला सोमबार सम्पन्न भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित मेला समापन कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाकी उपप्रमुख नन्दकला रानाले नेपालमा रोजगारीको ठुलो समस्या रहेकाले मेलाले त्यसको समाधान गर्ने अपेक्षा रहेको धारणा राखिन्।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्तबहादुर बोहराले रोजगारदाता र रोजगार खोज्नेहरुलाई एकै थलोमा भेला गराउने उद्देश्यले मेला आयोजना गरेको बताए।

सुदूरपश्चिम प्रदेश श्रम कार्यलयका प्रमुख जनक उखेडाले रोजगार मेलाले यहाको युवाहरुको रोजगारसम्बन्धी केही समस्या समाधान हुने अपेक्षा गरिएको बताए।

प्रकाशित: २८ जेठ २०८१ २१:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =