वाई–वाई ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’मार्फत क्यानलाई ६० लाख सहयोग

हिमाल प्रेस २८ जेठ २०८१ १२:३६
8
SHARES
वाई–वाई ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’मार्फत क्यानलाई ६० लाख सहयोग

काठमाडौंँ- सीजी फुड्स नेपालले अन्डर-१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि ६० लाख सहयोग गर्ने घोषणा गरेको छ।

आज राजधानीमा पत्रकार सम्मेलन गदै सिजीले नेपाल क्रिकेट संघ (क्यान)को सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेट अवधारणा कार्यान्वयनमा सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनको अवसरमा चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितीमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सीईओ प्रदीप पुडासैनीले क्रिकेट स्पेसल एडिसन प्याकेटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

क्यानसँग सम्झौता गर्दै चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीले टी–२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकका लागि वाई वाईको यो प्याकेट विशेष हुने बताएका छन्।

उनले वाईवाईको विशेष प्याकेटले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन तथा नेपाली क्रिकेट प्रेमी नेपालीका लागि उत्साह ल्याउने समेत उनले बताए।

यस्तै, क्यानका सचिव पारस खड्काले विगत २० वर्षदेखि नेपाली क्रिकेटको सहयात्री रहँदै आएको लोकप्रिय ब्रान्ड वाई वाई चाउचाउले नेपाल दोस्रो पटक आईसीसी पुरुष टी–२० विश्वकपमा सहभागी भएको जानकारी दिए।

क्रिकेट स्पेसल एडिसन प्याकेटको सम्झौताले नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरुप ‘वाई वाई क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा आएको छ। यसले नेपाली त्रिकेटलाई झन बलियो बनाउन सहयोग गर्ने उनले बताए।

लामो समयदेखि पुरुष अन्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाई वाईले महिला अन्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजनबापत ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख गरी ६० लाख क्यानलाई सहयोगको घोषणा गरेको छ।

यसअघि वाई वाईले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहनस्वरूप सुपर–८ मा पुग्न सफल भए ३० लाख तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रनबापत १ हजार, प्रत्येक चौकाबापत ८ हजार दिएको थियो।

साथै सीजी कम्पनीले प्रत्येक छक्काबापत १२ हजार, प्रत्येक विकेटबापत १५ हजार, प्रत्येक अर्धशतकबापत ५० हजार, प्रत्येक शतकबापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने घोषणा गरिसकेको छ।

प्रकाशित: २८ जेठ २०८१ १२:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =