भारतमा तेस्रो पटक प्रधानमन्त्री पदको शपथ लिए मोदीले

हिमाल प्रेस २७ जेठ २०८१ २१:०६
54
SHARES
भारतमा तेस्रो पटक प्रधानमन्त्री पदको शपथ लिए मोदीले भारतको नयाँदिल्लीमा आइतबार राष्ट्रपति द्रौपदी मुर्मूबाट प्रधानमन्त्री पदको शपथ लिँदै नरेन्द्र मोदी। तस्बिर : एपी/रासस

काठमाडौँ– भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले लगातार तेस्रोपटक प्रधानमन्त्री पदको शपथ लिएका छन्। भारतको राजधानी नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा  आइतबार साँझ आयोजित समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले मोदीलाई पद तथा गोपनीयताका शपथ गराएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मोदीले पहिलोपटक सन् २०१४ मा र दोस्रोपटक सन् २०१९ मा प्रधानमन्त्री पदको शपथ लिएका थिए।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्। यसैगरी बंगालादेश, श्रीलंका, भुटान, सेसेल्स, मोरिसस र माल्दिभ्सका सरकार तथा राष्ट्रप्रमुखहरू सहभागी भएका छन्।

यसअघि जवाहरलाल नेहरू लगातार तीनपटक प्रधानमन्त्री भएका थिए।

भारतमा हालै सम्पन्न लोकसभा चुनावमा मोदी नेतृत्वको एनडीए गठबन्धन २९३ सिटमा निर्वाचित भएको थियो। चुनावमा भाजपा एक्लैले बहुमत ल्याउन नसकेपछि मोदी गठबन्धनबाट प्रधानमन्त्री बनेका हुन्। ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट चाहिन्छ।

भाजपाले २४० सिट ल्याएको थियो। मोदीका साथै राजनाथ सिंहले क्याबिनेट मन्त्रीको शपथ लिएका छन्। यसैगरी अमित अनिल चन्द्र शाहले पनि क्याबिनेन मन्त्रीको शपथ लिएको बीबीसीले जनाएको छ।

नितिन गडकरी, जेपी नड्डा, शिवराजसिंह चौहान, निर्मला सीतारमण, मनोहर लाल, एसडी कुमारस्वामी, पीयूष गोयल, धर्मेन्द्र प्रधान, जीतनराम माझी, राजीवरञ्जन सिंह, सर्वानन्द सोनोवाल, वीरेन्द्रकुमार, राममोहन नाइडू, प्रह्लाद जोशी, जुएल उराँव, गिरिराज सिंह, अश्विनी वैष्णवी, ज्योतिरादित्य सिन्धिया, भूपेन्द्र यादव, गजेन्द्रसिंह सेखावत, अन्नपूर्णादेवी, किरिन रिजिजू, हरदीपसिंह पुरी, मनसुख मान्डबिया, जी किसन रेड्डीलगायतले पनि मन्त्री पदको शपथ लिएका छन्।

प्रकाशित: २७ जेठ २०८१ २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 1 =