काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारत पुगेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय विदेश मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन्।
आज साँझ हुने मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आजै भारत गएका दाहाललाई इन्दिरागान्धी विमानस्थलमा भारतीय विदेश मन्त्रालयका कर्मचारीले स्वागत गरेका हुन्का। दाहाल र मोदीबीच भेटवार्ता हुने कार्यतालिका पनि छ। दाहालसँगै कानुनमन्त्री पदम गिरी, उनकी स्वकीय सचिव गंगा दाहालसँगै परराष्ट्रमन्त्रालयका उच्च पदस्थ कर्मचारी पनि भारत गएका छन्।
Warm welcome to our esteemed guest!
PM @cmprachanda of Nepal arrives in New Delhi to attend the swearing-in ceremony of Prime Minister and Council of Ministers.
Received by OSD (ER & DPA) P. Kumaran at the airport.
The visit reflects the unique 🇮🇳-🇳🇵ties and will also… pic.twitter.com/ieeavuxDA4
— Randhir Jaiswal (@MEAIndia) June 9, 2024