भारतीय कंग्रेस संसदीय दलको नेतामा सोनिया गान्धी सर्वसम्मत

हिमाल प्रेस २६ जेठ २०८१ २०:०८
94
SHARES
भारतीय कंग्रेस संसदीय दलको नेतामा सोनिया गान्धी सर्वसम्मत

नयाँदिल्ली- भारतीय राष्ट्रिय कंग्रेसको संसदीय दलको नेतामा सोनिया गान्धी सर्वसम्मत चयन भएको कंग्रेस नेता तथा सांसद प्रमोद तिवारीले शनिबार बताएका छन्। तिवारीले एएनआईसँग भने,‘सोनिया गान्धीलाई कंग्रेस संसदीय दलको नेतामा सर्वसम्मत चयन गरिएको छ।’

कंग्रेस संसदीय दलको बैठकमा कंग्रेस अध्यक्ष मल्लिकार्जुन खडगेले आफ्नो पार्टीको संसदीय दलको नेताका लागि सोनिया गान्धीको नाम प्रस्ताव गरेका थिए भने पार्टी नेता गौरव गोगोई, तारिक अनवर र के सुधाकरनले प्रस्तावको समर्थन गरेका थिए।

दलको बैठक नयाँदिल्लीस्थित संसद्को केन्द्रीय हलमा बसेकाे थियाे। युनाइटेड प्रोग्रेसिभ अलाएन्सका अध्यक्ष सोनिया गान्धी, राहुल गान्धी, पार्टी अध्यक्ष मल्लिकार्जुन खड़गे र महासचिव केसी वेणुगोपाललगायत धेरै प्रमुख कंग्रेस नेताको बैठकमा उपस्थिति थियो।

बैठकमा कार्ति चिदम्बरम, राजीव शुक्ला, रणदीप सुरजेवाला, अजय माकन, पञ्जाबका पूर्व मुख्यमन्त्री चरणजीत सिंह चन्नी र शशी थरुर पनि सहभागी थिए।

प्रकाशित: २६ जेठ २०८१ २०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =