सरकारले राजदूतलाई फिर्ता बोलाएर कुटनीतिक मर्यादा उल्लंघन गर्‍यो : उपेन्द्र यादव

हिमाल प्रेस २६ जेठ २०८१ १७:३६
30
SHARES
सरकारले राजदूतलाई फिर्ता बोलाएर कुटनीतिक मर्यादा उल्लंघन गर्‍यो : उपेन्द्र यादव

जनकपुरधाम- जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारले एकैपटक ११ देशका राजदूतलाई बोलाएर कुटनीतिक मर्यादा उल्लंघन गरेको बताएका छन्।

शनिबार जसपा नेपालको राष्ट्रिय अधिवेशनको विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले ११ देशका राजदूत एकैपटक फिर्ता बोलाउनु कुटनीतिक मर्यादा उल्लंघन गरेको बताए।

उनले सरकारको यस्ता गतिविधिका कारण मुलुककाे छवि बिग्रेको बताए। ‘आइतबार भारतमा नवनिर्वाचित प्रधानमन्त्रीको शपथग्रहण छ,’ उनले भने,‘शपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत जाँदैछन् तर त्यसको केही दिनअगाडि मात्रै राजदूत बोलाएर देशलाइ नै सरकारले बदनाम बनाएको छ।’ यादवले सरकारले भागबन्डाकै लागि राजदूत फिर्ता बाेलाएकाे आरोप लगाए।

एकअर्को प्रसंगमा पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले सरकारले ल्याएको बजेट आग्रह पूर्वाग्रहबाट प्रेरित रहेको आरोप लगाएका छन्। उनले सरकारको यो बजेट मधेशप्रति पूर्वाग्राही रहेको बताए। सरकारको यो बजेटले सरकार मधेश र मधेशीको विकासलाई आफ्नो विकास नमान्ने गरेको आरोप लगाए।

महाधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुने

जनकपुरधाममा जेठ २८, २९ र ३० गतेसम्म चल्ने जसपा नेपालको एकता महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। महाधिवेशनमा देशभरीबाट १३ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ। पार्टीको केन्द्र, प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि सहभागी हुने जसपा नेपालले जनाएको छ।

महाधिवेशनमा विभिन्न राजनीतिक दलका प्रमुख नेता, भारत, मलेसिया, स्पेन, अजरबैजान, इन्डोनेसियालगायतका देशको विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहने अध्यक्ष यादवले जानकारी दिए।

प्रकाशित: २६ जेठ २०८१ १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =