नक्सालमा राष्ट्रिय ललितकला प्रदर्शनी [तस्बिरहरू]

दिपेश श्रेष्ठ २४ जेठ २०८१ १३:५४
168
SHARES
नक्सालमा राष्ट्रिय ललितकला प्रदर्शनी [तस्बिरहरू]

काठमाडौँ– नक्सालस्थित ललित कला प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ जारी छ। प्रदर्शनीमा सातै प्रदेशका ४८२ कलाकारका ५२२ कलाकृति राखिएका छन्।

सुदूरपश्चिम प्रदेशबाट ४२ कलाकारका ४३ कलाकृति, कर्णालीबाट २३ कलाकारका २८, लुम्बिनीबाट ७० कलाकारका ७०, गण्डकीबाट ४२ कलाकारका ४६, बागमतीबाट २३३ कलाकारका २६७, मधेशबाट ५७ कलाकारका ६१ र कोशी प्रदेशबाट ४२ कलाकारका ४३ कलाकृति प्रदर्शनीमा छ। प्रदर्शनीमा अप्रतियोगीअन्तर्गत ७६ कलाकृति राखिएको छ।

ललिलकलाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ललितकला प्रज्ञा प्रतिष्ठानले पहिलो पटक प्रादेशिक ललितकला प्रदर्शनी गरी त्यस प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृतिलाई राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएको हो।

विधागत रूपमा समसामयिक र परम्परागत चित्रकला, आधुनिक र परम्परागत मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला, प्रतिस्थापन कला, डिजिटल कला, भिडियो आर्ट, सिर्जनात्मक कलाअन्तर्गत फोटो, कार्टुन, क्यारिकेचर प्रदर्शनीमा समेटिएको छ। जेठ १५ गते सुरु भएको प्रदर्शनी जेठ ३० सम्म चल्नेछ।

प्रकाशित: २४ जेठ २०८१ १३:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =