‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ टिकट बुकिङ खुल्याे

हिमाल प्रेस २३ जेठ २०८१ १६:०८
10
SHARES
‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ टिकट बुकिङ खुल्याे

काठमाडौँ-  आगामी शुक्रबार अर्थात् जेठ १० देखि प्रदर्शन हुने दुई फिल्म ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ को टिकट बुकिङ खुलिसकेको छ।

हलहरुले बुधबारबाट नै फिल्मलाई सो उपलब्ध गराएका छन्। दुइटै फिल्म फरक जनरामा बनेको छ।

देशको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले ‘गाउँ आएको बाटो’ देशैभर ३८ सो दिएको छ। दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआईमा नौ सो दिएको छ। त्यस्तै एफक्युब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिजमा ३/३ सो पाएको छ। अन्य हलमा भने बुकिङ खुल्न बाँकी छ।

नवीन सुब्बाको निर्देशनमा बनेको फिल्म ‘गाउँ आएको बाटो’ राई समुदायको कथा प्रस्तुत गरेको छ। फिल्ममा दयाहाङ राई, पशुपति राई र प्रसान राई मुख्य भूमिकामा छन्।

त्यस्तै, ‘लण्डन टु पेरिस’ लाई क्यूएफएक्सले २९ सो दिएको छ। आईएनआईले ३ सो, वान् सिनेमाज्, एफएक्युब, बिएसआर, बिग मुभिजले २/२ सो दिएको छ।

घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्म ‘लण्डन टु पेरिस’ ट्राभल लभस्टोरीको कथा हो। फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कवीर खड्का र गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ मुख्य भूमिकामा छन्।

प्रकाशित: २३ जेठ २०८१ १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 3 =