टी-२० विश्वकप : अफगानिस्थानसँग टस जितेर युगान्डा बलिङमा

हिमाल प्रेस २२ जेठ २०८१ ६:२५
6
SHARES
टी-२० विश्वकप : अफगानिस्थानसँग टस जितेर युगान्डा बलिङमा

काठमाडौँ- आईसीसी टी-२० विश्वकपमा अहिले अफगानिस्थान र युगान्डा भिडिरहेका छन्।

मंगलबारको पहिलो खेलका लागि भएको टस जितेपछि युगान्डाका कप्तान ब्रियन मासाबाले बलिङ रोज्दै टेस्ट राष्ट्र अफगानिस्तानलाई पहिले ब्याटिङमा निम्त्याएका हुन् ।

टस हारेको अफगानिस्थानले १ ओभरमा कुनै विकेट नगुमाइ १२ रन बनाएको छ। यो दुवै टोलीको समूह चरणको पहिलो खेल हो।

यसअघि भएको यो समूहको खेलमा आयोजक वेस्ट इन्डिजले पपुवा न्युगिनीलाई हराउँदै समूहको शीर्ष स्थानमा छ। समूह ‘सी’ मा यी टोलीसँगै न्यूजील्यान्ड पनि रहेको छ।

विश्वकपमा आज मंगलबार तीन खेल हुनेछन्।

आजै समूह ‘बी’ को अर्को खेलमा इङ्ल्यान्ड र स्कटल्यान्ड खेल्नेछन्। सो खेल राति सवा ८ बजे सुरु हुनेछ।

आजै नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेदरल्यान्डस्सँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। सो खेल राति सवा ९ बजे सुरु हुनेछ।

प्रकाशित: २२ जेठ २०८१ ६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =