संवैधानिक परिषद्‌ विधेयक प्रतिनिधिसभामा पेस

हिमाल प्रेस २१ जेठ २०८१ १५:२१
12
SHARES
संवैधानिक परिषद्‌ विधेयक प्रतिनिधिसभामा पेस रामहरि खतिवडा। फाइल तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धि समितिको प्रतिवेदन–२०८१ प्रतिनिधिसभा बैठकमा पेस भएको छ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धि (पहिलो संशोधन) विधेयक सम्बन्धि समितिको प्रतिवेदन २०८१ प्रतिनिधिसभा बैठकमा पेस गरेका हुन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सो विधेयकको प्रतिवेदनमा पेस गरेका हुन्। संवैधानिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धमा कार्य विधि तथा संवैधानिक परिषदको कार्य सम्पादन गर्ने ऐन बनाउने कुरामा समितिमा सहमती जुटाउन सफल भएको सभापति खतिवडाले बताए।

उनले सो प्रतिवेदन तयार गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका सम्बन्धित पक्षसँग छलफल गरिएको पनि जानकारी दिए।

प्रकाशित: २१ जेठ २०८१ १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =