जनसंख्या र भूगोलको आधारमा बजेट छुट्याउनुपर्‍यो : वीरेन्द्र महतो

हिमाल प्रेस २१ जेठ २०८१ १४:१८
12
SHARES
जनसंख्या र भूगोलको आधारमा बजेट छुट्याउनुपर्‍यो : वीरेन्द्र महतो वीरेन्द्र महतो। फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले प्रदेशहरूमा भूगोल र जनसंख्याको आधारमा बजेट छुट्याउनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद महतोले प्रदेशहरूमा भूगोल र जनसंख्याको आधारमा बजेट छुट्याउनुपर्ने बताएका हुन्।

उनले प्रदेश र स्थानीय तहको बजेट कटौती गर्न नहुने बताए। उनले संघीयतालाई सवल बनाउनका लागि प्रदेश र स्थानीय तहलाई अझ बजेट आवश्यक पर्ने बताए।

‘सुन्नमा आएको छ प्रदेशको, स्थानीय तहको बजेटहरूमा कटौती गरेका छौँ। मलाई लाग्छ, संघीयतालाई सवल बनाउनको लागि अहिले झन बढी बजेटको आवश्यकता भएको हुनाले बजेट कटौती नगरिदिन अनुरोध गर्न चाहन्छौँ,’ उनले भने, ‘बजेट छुट्याउँदाखेरी भूगोल र जनसंख्याको आधारमा प्रदेशहरूमा बजेट छुट्याउन सक्यौँ भने त्यसको अर्थ हुन जान्छ। बजेट कार्यान्वयनको चुनौती देखिएको छ। बजेटको आमलक्ष्य पूरा हुनका लागि बैंकमा रहेको तरलता विस्तारै बजारमा जान, पुँजी बजार र रियलस्टेटमा आशाको किरण ल्याउन जरुरी छ।’

प्रकाशित: २१ जेठ २०८१ १४:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − four =