जडीबुटी र काठ निर्यात गर्ने वनमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस १० जेठ २०८० १३:०१
8
SHARES
जडीबुटी र काठ निर्यात गर्ने वनमन्त्रीको प्रतिबद्धता फाइल तस्बिर।

काठमाडौँ– नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोले राष्ट्र र जनताको हितहुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहणपछि सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।

भ्रष्टचारमा शून्य सहनशीलताका साथ देश र जनताको हितमा काम गर्ने उनको भनाइ छ। अहिलेको आर्थिक संकटमा नेपालको जडीबुटीलगायत उत्पदनलाई प्रोत्साहन गरेर निर्यात गर्ने गर्दै विदेशी मुद्रा आर्जन गर्नुपर्ने उनले उल्लेख गरे।

वर्षौदेखि कुहिएर रहेको काठलाई प्रयोग गर्न सहजीकरण गरेर स्वदेशमा खपत गरी निर्यात गर्ने योजना बनाउने उनले जनाए। मन्त्री महत्तोले वातावरणमा असर पार्ने उद्योगहरूलाई निगरानी गरेर वातावरणलाई असर नपार्ने गरी सञ्चालनका लागि पनि आफूले पहल गर्ने जानकारी दिए।

प्रकाशित: १० जेठ २०८० १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =