मधेश सरकारबारे निर्णय लिने जिम्मेवारी महन्थ ठाकुरलाई

हिमाल प्रेस २० जेठ २०८१ १५:५९
440
SHARES
मधेश सरकारबारे निर्णय लिने जिम्मेवारी महन्थ ठाकुरलाई लाेसपा अध्यक्ष महन्थ ठाकुर। फाइल तस्बिर

काठमाडौँ- लोकतान्त्रिक समाजवादी (लोसपा)ले मधेश प्रदेश सरकारबारे निर्णय लिने जिम्मेवारी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ। काठमाडौँमा उपलब्ध पदाधिकारीको आइतबार बसेको बैठकले महन्थलाई जिम्मेवारी दिएको हो।

बैठकको निर्णय सुनाउँदै महासचिव मनीष मिश्रले परिस्थिति हेरेर निर्णय लिनुपर्ने भएकाले अध्यक्षलाई जिम्मेवारी दिइएको जानकारी दिए। लोसपाले मधेशमा मुख्यमन्त्री मागेको थियो। एमाले, माओवादी, एकीकृत समाजवादीले जनमतलाई मुख्यमन्त्री दिने भएका छन्। हाल मधेशमा जसपा नेपालका सरोज यादवको सरकार छ। एमाले-माओवादीले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा छ। यही कारण यादवले बुधबार विश्वासको मत लिँदैछन्। उनले विश्वास मत नपाएमा सरकार ढल्नेछ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठन गर्न प्रदेशसभाका ५४ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा एमालेका सभामुखसहित २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ९, नेकपा एकीकृत समाजवादीका ७ तथा राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका १-१ सांसद छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =