श्रम समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ : श्रममन्त्री अर्याल

हिमाल प्रेस १९ जेठ २०८१ १५:३६
6
SHARES
श्रम समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ : श्रममन्त्री अर्याल

धनुषा- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायका रूपमा सुरु गरिएको बताएका छन्।

जनकपुरधामस्थित उद्योग वाणिज्य संघमा आयोजित मेलाको आज उद्घाटन गर्दै उनले बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्न स्थानीय उद्योगीलाई आग्रह गरे।

मन्त्री अर्यालले रोजगारीको खोजीमा मधेशबाट ठूलो संख्यामा युवापुस्ता विदेश जानेक्रम नरोकिएकामा चिन्ता व्यक्त गर्दै कृषिकर्ममा लाग्न उनीहरूलाई लाग्न आग्रह गरे।

‘स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका चाङका चाङ समस्या आउँछन्। एउटै माध्यमबाट समस्या संकलन र समाधान गर्न श्रमाधान सुरु गरिएको हो’,उनले भने।

मन्त्री अर्यालले मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्न नसकिए पनि श्रमिक र रोजगारदाताका समस्या, आवश्यकताबारे बुझ्ने र दीर्घकालीनरूपमा श्रम क्षेत्रका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =