हिलाम्मे राजविराज–सखडा सडकखण्ड मर्मतकाे तयारी

हिमाल प्रेस ८ असार २०८१ १५:१२ | Saturday, June 22, 2024
हिलाम्मे राजविराज–सखडा सडकखण्ड मर्मतकाे तयारी प्रतिनिधिमूलक तस्बिर

सप्तरी- वर्षाको समयमा राजविराज–सखडा र सखडा–नेउर खण्डमा आवागमनमा समस्या हुने भएकाले पाँच दिनभित्र मर्मत गरिने भएको छ।

छिन्नमस्ता गाउँपालिकामा सडक डिभिजनका कर्मचारीसहित स्थानीय जनप्रतिनिधि बैठकले आवश्यक मर्मतसम्भार गरी आवतजावत सहज बनाउन तत्काल काम सुरु गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए।

वर्षाले हिलाम्मे भई आवतजावत अवरुद्ध भएको उक्त सडकलाई पाँच दिनभित्र मर्मत गरिने सडक डिभिजन कार्यालय लहानका प्रतिनिधि र ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएका उनले बताए।

गाउँपालिका अध्यक्ष चौधरीले भने,‘पाँच दिनमा सडक स्तरोन्नति गरी वर्षामा सहज आवागमन बनाउने सहमति भएको छ। छैटौँ दिनसम्म काम सम्पन्न जनप्रतिनिधिसहित स्थानीय सडक डिभिजन कार्यालयमा धर्नामा बस्ने निर्णय गरेका छौँ।’

रुपनी–छिन्नमस्ता २२ किलोमिटर सडकमा बोलपत्र आह्वान भए पनि कामले गति लिन सकेको छैन। अहिले वर्षाको समयमा राजविराज हुँदै छिन्नमस्ता दर्शनका लागि आउनेजाने श्रद्धालुले सास्ती खेप्नु परिरहेको छ।

प्रकाशित: ८ असार २०८१ १५:१२ | Saturday, June 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast