सार्वजनिक भएको एक घन्टा बित्दा पनि हेर्न मिलेन एसईईको नतिजा

हिमाल प्रेस १३ असार २०८१ ११:२१ | Thursday, June 27, 2024
सार्वजनिक भएको एक घन्टा बित्दा पनि हेर्न मिलेन एसईईको नतिजा

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको एक घण्टा बित्दा पनि विद्यार्थीले नतिजा हेर्न पाएका छैनन्।

बोर्डले नतिजा गरेको भए पनि रिजल्ट हेर्न मिल्ने वेवसाइटले नतिजा देखाएका छैनन्। वेवसाइट र एसएमएसमार्फत नतिजा हेर्न सकिए भनिए पनि कुनै पनि तवरबाट नतिजा हेर्न सकिएको छैन।

परीक्षा नियन्त्रक कार्यालयले भने प्राविधिक गडबढीले समस्या भएको बताएको छ। ‘हामी यसैको तयारीमा छौँ। अब भइहाल्छ।’ कार्यालय स्रोतले भन्यो।

नतिजा विभिन्न दस माध्यमबाट हेर्न मिल्ने बताइएको छ। तर हालसम्म कुनै माध्यमबाट पनि विद्यार्थीले नतिजा हेर्न सकेका छैनन्।

प्रकाशित: १३ असार २०८१ ११:२१ | Thursday, June 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast