सशस्त्र प्रहरीले बरामद गर्‍यो १०७ कार्टुन मदिरा

हिमाल प्रेस १० असार २०८१ १४:५७ | Monday, June 24, 2024
सशस्त्र प्रहरीले बरामद गर्‍यो १०७ कार्टुन मदिरा

काठमाडौँ- सशस्त्र प्रहरीले सप्तरी जिल्ला राजगढ गाउँपालिका-२ कमलपुरस्थित दशगजाबाट१ सय ७ कार्टुन मदिरा बरामद गरेको छ।

‍सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कुमार श्रेष्ठको कमाण्डमा खटिगएको मोबाइल गस्तिले नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको मामाश्री ब्राण्डको (मदिरा)सहित ओसारपसारमा संलग्न २ जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुर बस्ने बर्ष २६ वर्षका नारायण यादव राजगढ-३ झुटकी बस्ने बर्ष २४ का रोहित मुखिया रहेका छन्। उनीहरुलाइ बरामद मदिरासहित थप कारबाहिको लागि राजविराज भन्सार कार्यालय तिलाठिमा बुझाइएको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापा‍ले जानकारी दिए।

प्रकाशित: १० असार २०८१ १४:५७ | Monday, June 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast