संसद् सचिवालयका कर्मचारीको माग सहजीकरणका लागि समिति गठन

हिमाल प्रेस ९ असार २०८१ १०:४० | Sunday, June 23, 2024
संसद् सचिवालयका कर्मचारीको माग सहजीकरणका लागि समिति गठन बालुवाटरमा बसेको बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- संघीय संसद् सचिवालयमा आन्दोलनरत कर्मचारीको मागबारे सहजीकरण गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा समिति गठन भएको छ।

गिरीको नेतृत्वमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीलाई सहजीकरणका लागि तोकिएको छ।

संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष बैठकले समिति गठन गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी थिए।

बैठकमा मुख्य सचिव डा बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित थिए।

प्रकाशित: ९ असार २०८१ १०:४० | Sunday, June 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast