लोसपाका नेताहरू एमालेमा

हिमाल प्रेस १३ असार २०८१ १०:५५ | Thursday, June 27, 2024
लोसपाका नेताहरू एमालेमा

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषा जिल्ला कार्यसमितिका सहसचिव सुनिलकुमार श्रेष्ठ ‘सानु’लगायत धनुषाका नौ जना नेता तथा कार्यकताहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन्।

अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा उहाँहरूलाई खादा र अविर लगाएर पार्टीमा स्वागत गरे।

पार्टीका पोलिटव्यूरो सदस्य जुलीकुमारी महतोको संयोजनमा पार्टी प्रवेश गर्नेहरूमा श्रेष्ठसहित सञ्जय पोखरेल, कृष्णा कार्की, जितेन्द्र लगु, पारस श्रेष्ठ, सानु श्रेष्ठ, भोला पाठक, आशिष कर्ण र गौतम झा छन्।

नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले एमाले देश बनाउने महान् उद्देश्यका साथ अगाडि बढिरहेको बताए।

प्रकाशित: १३ असार २०८१ १०:५५ | Thursday, June 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast