रास्वपा प्युठान संयोजकले छाडे पार्टी

हिमाल प्रेस १२ असार २०८१ १०:५२ | Wednesday, June 26, 2024
रास्वपा प्युठान संयोजकले छाडे पार्टी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठान संयोजक सुमन सुवेदीले पदबाट राजीनामा दिएका छन्। उनले संयोजक पदबाट राजीनामा गर्दै पार्टी परित्यागको घोषणा गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सुवेदीले आफू पार्टीबाट अलग भएको उल्लेख गरेका हुन्।

‘आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउन चाहन्छु,’ उनले लेखेका छन्, ‘आफू जिम्मेवारीमा हुँदा पदको कहीँ कतै पनि दुरुपयोग नहोस् भन्ने कुरामा अत्यन्तै सजक रहेँ। तैपनि कहीँ कतै केही कमजोरी भएको भए यहाँहरू सबैसँग माफी माग्न चाहन्छु। समाज, मेरो बुझाइ र मेरो स्वभाव कहीँ कतै केही समस्या अवश्य छ, त्यसैले मलाई म पार्टीगत राजनीतिको लागि योग्य होइन भन्ने लाग्यो।’

प्रकाशित: १२ असार २०८१ १०:५२ | Wednesday, June 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast