राप्रपा नेपालले आउँदो फागुनमा महाधिवेशन गर्ने

हिमाल प्रेस १ असार २०८१ ९:३७ | Saturday, June 15, 2024
राप्रपा नेपालले आउँदो फागुनमा महाधिवेशन गर्ने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आउँदो फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ। राप्रपा नेपालले आगामी फागुन ७ देखि ९ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने भएको हो।

गएको जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन आह्वान गरेको पार्टीका नेता सुरेश आचार्यले जानकारी दिए।

समान विचारधारा भएका शक्तिहरूका बीचमा बृहत् राष्ट्रिय मोर्चा बनाउने निर्णय गरेको बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ पारित गरेको छ।

प्रकाशित: १ असार २०८१ ९:३७ | Saturday, June 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast