राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

हिमाल प्रेस ३१ जेठ २०८१ ९:४३ | Thursday, June 13, 2024
राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय हाँडीगाउँमा बस्ने बैठकमा केन्द्रीय कार्य सम्पादन समितिले तयार गरेको पार्टीको राजनीतिक कार्यपत्र र प्रतिवेदनहरू पेस हुने हिजो बसेको केन्द्रीय कार्यसम्पादन समितिले प्रतिवेदन तयार पारेको हो।

बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन, सुशासन विभाग प्रमुख राजन चौलागाईंद्वारा प्रस्तुत भ्रष्टाचार निवारण नागरिक आयोग सम्बन्धी राप्रपा नेपालको अवधारणा पत्र पेश गरिने छ।

यस्तै, विजय महासेठद्वारा प्रस्तुत तराई–मधेस उत्थानको निम्ति राप्रपा नेपालको कार्ययोजना र उपाध्यक्ष डा. विष्णु भण्डारीले कृषि विकास र भूमि व्यवस्थापन सम्बन्धी पार्टीको वैकल्पिक मोडल सम्बन्धी प्रस्तावमा पेस गर्ने तयारी छ। बैठक भोलिसम्म चल्नेछ।

प्रकाशित: ३१ जेठ २०८१ ९:४३ | Thursday, June 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast