राजेश हमालले सञ्चालन गर्ने कृषि रियालिटी ‘शो’ को आवेदन खुल्यो

हिमाल प्रेस १६ असार २०८१ १०:०२ | Sunday, June 30, 2024
राजेश हमालले सञ्चालन गर्ने कृषि रियालिटी ‘शो’ को आवेदन खुल्यो

काठमाडौँ- राजेश हमालले सञ्चालन गर्ने कृषि रियालिटी शो ‘र’को आवेदन खुला गरिएको छ। धान दिवसको अवसरमा ललितपुर महानगरपालिका-२१, खोकनाको सहकार्यमा आवेदन फारम खुला गरिएको हो। यो ‘शो’ले कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको बताइएको छ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने यस कार्यक्रममा व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्ने जनाएको छ।

यसका १६ वटा विषयगत शृंखलाहरू हुनेछन्। जसमा सहभागीहरूको प्रस्तुतिलाई निर्णायकहरूको प्यानलले मूल्यांकन गर्नेछ। निर्णायकहरूको प्यानलमा कृषि मन्त्रालयका पूर्व सचिव डा योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री डा। नम्रता पाण्डे र अन्य विषय विज्ञहरू छन्।

कृषक र कृषि प्राविधिक यस शोमा प्रतियोगी रहने छन् जसमा दिगो र नवीन कृषि अभ्यासहरू प्रवर्द्धन गर्दै, उनीहरूको कृषि सम्बन्धी ज्ञान, रचनात्मकता र कौशलको परीक्षण गरिने छ।

प्रकाशित: १६ असार २०८१ १०:०२ | Sunday, June 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast