यस्ता छन् मन्त्रिपरिषद्का २१ निर्णय

हिमाल प्रेस १० असार २०८१ १७:१६ | Monday, June 24, 2024
यस्ता छन् मन्त्रिपरिषद्का २१ निर्णय

काठमाडौँ- सरकारले समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति बनाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‍समितिमा उद्धवप्रसाद तिमल्सिनालाई नियुक्त गर्ने निर्णय गरेको हो।

बैठकले प्रतिलिपि अधिकारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ। त्यस्तै साझा प्रकाशन सहकारीको सञ्चालक समितिको सदस्यमा रमेशप्रसाद भट्टराईलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ।

गोरखा र धादिङ जिल्लामा रहेका श्री ५ को वायु गुठीका जग्गाहरूको अध्ययन गरी समस्या समाधान गर्न तीन महिनाभित्र राय सुझावसहित पेस गर्न पद्मनिधि सोतीको संयोजकत्वमा समिति पनि सरकारले बनाएको छ।

प्रकाशित: १० असार २०८१ १७:१६ | Monday, June 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast