काठमाडौँ- काठमाडौँ उपत्यकामा आज पनि वर्षाको सम्भावना कम देखिएको छ।
मौसम पूर्वानुमान विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ।
यद्यपि तापक्रम उच्च नै रहनेछ। मनसुन भित्रन अझै केही दिन लाग्नेछ। शनिबारदेखि यहाँ आंशिक बदली हुनेछ।
यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।
प्रकाशित: ३१ जेठ २०८१ ७:१२ | Thursday, June 13, 2024
प्रतिक्रिया




