‘मोदीबेनी’ को पोष्टरको केन्द्रमा वर्षा, समेटिए रेजिना र दिलिप

हिमाल प्रेस १५ असार २०८१ १२:०८ | Saturday, June 29, 2024
‘मोदीबेनी’ को पोष्टरको केन्द्रमा वर्षा, समेटिए रेजिना र दिलिप

काठमाडौँ- फिल्म ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ। आगामी साउन १८ गते रिलिज हुने फिल्ममा नेपाली पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ।

पोस्टरमा अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेता प्रवीण खतिवडालाई देखाइएको छ। पोस्टरमा अभिनेत्री रेजिना उप्रेतीलाई साधारण गाउँले महिला र अभिनेता दिलीप केसीलाई गाउँकै सम्भ्रान्त व्यक्तिको रूपमा चित्रण गरिएको छ।

यसअघि अमर र वर्षाको क्यारेक्टर पोस्टर सार्वजनिक भएका थिए, जसमा अमरलाई ‘एङ्ग्री योङ म्यान’ र वर्षालाई रहस्यमय अवतारमा देखाइएको थियो। नयाँ पोस्टरको थिम ‘सर्कल थिम’मा रहेको छ, जसमा पोस्टरको पृष्ठभूमिमा राखिएका पुल लगायतका दृश्यहरूलाई घुमाइएको छ। रोचक र रहस्यमय कथा बोल्ने यस पोस्टरमा चलचित्रको शीर्षकलाई पनि सर्कल थिममा नै राखिएको छ।

फिल्ममा अमर, वर्षा, प्रवीण, रेजिना, दिलीपसहित सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्य लगायतको अभिनय रहेको छ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। यसमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता रहेका छन्।

चलचित्रका गीतहरूमा शान भुसाल र एसडी योगीको संगीत, राम अविरल बिस्ट र शान भुसालका शब्द रचना तथा स्वरूपराज आचार्य, एसडी योगी, एरिका खाती र विज्ञानी पराजुलीको स्वर रहेको छ।

यसमा उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ।

ट्राइडेन्ट कन्सेप्टको पोस्टर तथा सोसल मिडिया पब्लिसिटी डिजाइन रहेको गर्ने यस चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।

प्रकाशित: १५ असार २०८१ १२:०८ | Saturday, June 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast