मालढुंगा-बेनी सडक कालोपत्र गर्न थालियाे, १३ दिन यातायात नचल्ने

हिमाल प्रेस ७ असार २०८१ ९:२३ | Friday, June 21, 2024
मालढुंगा-बेनी सडक कालोपत्र गर्न थालियाे, १३ दिन यातायात नचल्ने प्रतिनिधिमूलक तस्बिर

पर्वत- उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुंगा-बेनी सडक कालोपत्र सुरु गरिएको छ।

१३ किलोमिटर लामो मालढुंगा-बेनी सडकको मालढुंगा-फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुंगा-बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालयले जनाएको छ।

पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि सात किलोमिटर बाँकी रहने छ। सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा भएको सहमतिअनुसार एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सवारी साधनलाई असार ८ गते शनिबारदेखि २० गतेसम्म अन्य सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने छ।

मौसम अनुकूल भएमा १३ दिनमा कालोपत्रको पूरा हुनेछ। उक्त सडक स्तरोन्नतिका लागि २०७७ चैतमा संयुक्त लगानीको एपेक्स-खड्का-कृष्णले ५२ करोड ८६ लाखमा सडक विभागसँग सम्झौता गरेको थियो। करिब छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले कालोपत्र गरिने आयोजनाले जनाएको छ।

प्रकाशित: ७ असार २०८१ ९:२३ | Friday, June 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast