‘मलाई छोडी दू्र नजाऊ’को ४० वर्षपछि बन्यो म्युजिक भिडियो

हिमाल प्रेस १६ असार २०८१ २१:४१ | Sunday, June 30, 2024
‘मलाई छोडी दू्र नजाऊ’को ४० वर्षपछि बन्यो म्युजिक भिडियो

काठमाडौँ- नेपाली संगीतमा परिचित पप गायक ओमविक्रम विष्टले ४० वर्षअघि शब्द र संगीत दिएको ‘मलाई छोडी दू्र नजाउ’ गीतको श्रव्यदृश्य सामग्री आज (आइतबार) सार्वजनिक गरिएको छ।

पप सम्राट भनेर चिनिने गायक विष्टको उपस्थितिमा सार्वजनिक गरिएको श्रव्यदृश्यको विजयराज भूर्तेलले निर्देशन गरेका छन्। सोही कार्यक्रममा गायक शशी गुरुङको स्वरमा रहेको अर्को श्रव्यदृश्यसमेत सार्वजनिक गरियो। भूषण खरेलको शब्द, जेम्स प्रधानको संगीत रहेको गीतको श्रव्यदृश्यमा जेम्स प्रधानको निर्देशन रहेको छ।

६७ वर्षीय गायक शशी गुरुङ ४७ वर्षदेखि संगीत क्षेत्रमा संलग्न छन्। उनले करिब एक सय गीत रेकर्ड गरिसकेका छन्। उनी सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट अवकाश हुन्।

गीतकार दिनेश अधिकारी, श्रीपुरुष ढकाल र सङ्गीतकार राजु सिंहले ६७ वर्षको उमेरमा पनि गायक शशी गुरुङको संगीतप्रतिको समर्पण अनुकरणीय रहेको भन्दै प्रशंसा गरे।

 

प्रकाशित: १६ असार २०८१ २१:४१ | Sunday, June 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast