मधेश सरकारमा जाने नजाने विषयमा छलफल गर्न लाेसपाले बाेलायाे बैठक

हिमाल प्रेस १९ जेठ २०८१ १८:१३
मधेश सरकारमा जाने नजाने विषयमा छलफल गर्न लाेसपाले बाेलायाे बैठक लाेसपा अध्यक्ष महन्थ ठाकुर। फाइल तस्बिर

काठमाडौँ– मधेश प्रदेश सरकारमा जाने नजाने विषयमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पदाधिकारी बैठक बोलाएको छ।

भाेलि आइतबारका लागि बाेलाइएकाे बैठक पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्नेछ।

गत बिहीबार नेकपा एमाले, जनमत, माओवादी केन्द्रबीच मधेशमा जनमतको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो।

मधेशमा कांग्रेस, जसपा नेपाल र लोसपासहितको ५२ सिट मात्र पुग्छ। यो संख्या सरकार बनाउन चाहिनेभन्दा दुई सिट कम हो। मधेश प्रदेशमा एक/एक सिट रहेको राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीले सरकार फेरबदलमा मौन छन्।

प्रकाशित: १९ जेठ २०८१ १८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast