भारत तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीद्वारा बरामद

हिमाल प्रेस १२ असार २०८१ १६:५१ | Wednesday, June 26, 2024
भारत तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीद्वारा बरामद

काठमाडौँ- सिराहाको सिराहा नगरपालिका–१५ बुधौरास्थित सीमा इलाकाबाट भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ। असार ११ गते राति १२ वटा साइकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा सो मदिरा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मार्डरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको फौजले बरामद गरेको हो।

बरामद मदिरामा विभिन्न ब्रान्डको ह्विस्की र बियरसहित साना ठुला गरी १ हजार ४२ वटा बोतल र सोफी ब्रान्डको ६० कार्टुन रहेको छ।मदिरा नियन्त्रणमा लिने क्रममा तस्कर समूह र सशस्त्र प्रहरी बिच खोसाखोस हुँदा करिब १ सय बोतल मदिरा फुटेर नष्ट भएको छ। बरामद मदिरा तथा साइकल आवश्यक कारबाहीको लागि जम्मा ३ लाख ३५ हजार रुपैयाँ कायम गरी सम्बन्धित निकायमा बुझाइएको छ।

प्रकाशित: १२ असार २०८१ १६:५१ | Wednesday, June 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast